सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने

३ आश्विन २०८२, शुक्रबार १८:०२

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा दुई महिना थप गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको हो।

यसअघि नियमावलीको नियम ९ को उपनियम १ अनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र आफैं उपस्थित भई सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान थियो।

तर, गृह मन्त्रालयले उक्त नियमलाई संशोधन गर्दै ‘साउन मसान्तभित्र’ भन्ने शब्दलाई ‘असोज मसान्तभित्र’मा परिवर्तन गरेको छ। यससँगै लाभार्थीहरूले अब असोज मसान्तसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न सक्ने भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*