धितोपत्र बोर्डद्वारा १५ मिनेटको औसत गणना स्थगित गर्ने निर्णय

५ आश्विन २०८२, आईतवार ०७:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई रोक्ने निर्णय गरेको छ।

बोर्डको शनिबार बसेको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै उक्त व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो।

बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता दिंदै औसत गणना प्रणाली स्थगन गरिएको हो। शनिबार बिहानदेखि नै दर्जनौं लगानीकर्ता बोर्डको परिसरमा भेला भई उक्त व्यवस्था खारेज गर्न दबाब दिइरहेका थिए।

योसँगै आजदेखि कारोबारमा १५ मिनेटको औसत मूल्य गणना हुने छैन। पहिलेको जस्तै अन्तिम कारोबार मूल्यलाई नै आधार मानिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*