नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर किन्ने अवधि थप
५ आश्विन २०८२, आईतवार ०८:१३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थपेको छ।
कम्पनीले यसअघि असोज ५ गतेसम्म आवेदन अवधि तोकेकोमा बीचमा देखिएको परिस्थितका कारण ३ दिन थपेर असोज ८ गतेसम्म कायम गरेको हो।
कम्पनीले संस्थापकतर्फको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फको १ लाख ९२ हजार ५७४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको हो। शेयर बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ।
शेयर खरीदका लागि बोलपत्र पेश गर्दा संस्थापकतर्फ कम्तीमा १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।













