आज खतरनाक सूर्यग्रहण लाग्दै, नेपालमा सूतक नलाग्ने
५ आश्विन २०८२, आईतवार ११:३४

काठमाडौं । आज ४ घन्टाभन्दा लामो खतरनाक सूर्यग्रहण लाग्दैछ। नेपाली सयमअनुसार ग्रहण आज आइतबार राति ११ः१४ बजे शुरू भएर भोलि सोमबार बिहान ३ः३८ बजेसम्म लाग्नेछ।
४ घन्टा २४ मिनेटसम्म लाग्ने यो ग्रहण नेपाली समयअनुसार रातमा लाग्ने भएकाले नेपालबाट यो सूर्यग्रहण देख्न सकिने छैन। सूर्यग्रहण नदेखिने भएकाले शास्त्रीय मान्यता अुनसार सूतक बारिरहनु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यलाई आंशिक वा पूर्णरूपमा छोप्दा सूर्यग्रहण लाग्ने गर्छ। आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोंगा लगायतका देशबाट मात्र देखिने जनाइएको छ।













