प्राप्ती तथा मर्ज गर्ने फस्र्ट माइक्रोफाइनान्सको निर्णय, यस्तो बन्यो मर्जर समिति
५ आश्विन २०८२, आईतवार १२:१०

काठमाडौं । फस्र्ट माइक्रो फाइनान्स लघुवित्त मर्जरमा जान मर्जर समिति बनाएको छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि छलफल तथा आवश्यक गृहकार्य गर्न मर्जर समिति गठन गरेको छ। असोज २ गते बसेको संचालक समितिको बैठकले समिति गठन गरेको हो ।
कम्पनीले कम्पनीका संचालक लक्ष्मण प्रसाद जैसीको संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा संचालक युवराज क्षेत्री छन् भने कम्पनीका सीइओ नुमनाथ पौडेल समितिको सदस्य सचिव छन् ।














