नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निःशुल्क खाना–खाजा वितरण

५ आश्विन २०८२, आईतवार १२:२५

काठमाडौं । नेपाल प्रहरी तथा स्थानीय व्यवसायीहरुले नारायणगढ–मुग्लिन सडक खण्डमा रोकिएका यात्रुहरुलाई निःशुल्क खाना तथा खाजा वितरण गरेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षाका कारण लगातार पहिरो गइरहेकाले हिजोदेखि काठमाडौं उपत्यकाबाट बाहिरीएका यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुको सहजताको लागि नेपाल प्रहरी, जिल्ला सुरक्षा समिति चितवन तथा व्यवसायीहरुले खानेपानी तथा खाजा वितरण गर्दै आएका छन् ।

अन्तरिम सरकारले विशेष पहल गर्न नसक्दा अझै पनि उक्त सडक खण्ड सञ्चालनमा आउन सकेको छैन् । नेपाल प्रहरीले यात्रु तथा सवारी चालकहरुलाई बैकल्पिक बाटो (पोखराको बाटो) हुदै आवत–जावत गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*