जगदम्बा मोटर्सले ल्यायो दुई नयाँ टीभीएस बाइक: दमदार परफर्मेन्स र स्टाइलसहित बजारमा प्रवेश

५ आश्विन २०८२, आईतवार १२:५६

काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले नेपाली बजारमा दुई नयाँ मोडलका बाइक सार्वजनिक गर्ने भएको छ। कम्पनीले आइतबार विशेष कार्यक्रममार्फत टीभीएस अपाची आरटीआर १६० २भी एई बीएस६ र टीभीएस राइडर आईजीओ पहिलो पटक सार्वजनिक गर्ने जनाएको छ।

कम्पनीका अनुसार अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६ मोडल अपाचे रेसिङ डीएनए बाट प्रेरित छ र यसमा बीएस६ फ्यूल इन्जेक्सन प्रविधि प्रयोग गरिएको छ। यसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्ने दाबी गरिएको छ। १२९.७ सीसी एफआई इन्जिनसहित आएको यस बाइकले ८४०० आरपीएममा १६.०४ पीएस पावर र ७००० आरपीएममा १३.८५ एनएम टर्क दिन्छ। करिब ५० केएमपीएलसम्मको दक्षता दिने उन्नत एफआई प्रणाली, एरोडाइनामिक र आक्रामक डिजाइन, जीवनभरको वारेन्टी, रेस–ट्युन सस्पेन्सन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्टएक्सअननेट जस्ता प्राविधिक सुविधा यसमा समावेश छन्।

त्यसैगरी, कम्पनीले नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै राइडर आईजीओ मोडल पनि प्रस्तुत गर्न लागेको छ। यो मोडल स्टाइल र परफर्मेन्स दुवै खोज्नेका लागि आदर्श विकल्प हुने कम्पनीको दाबी छ। १२५ सीसी क्षमताको इन्जिनसहित आएको यस बाइकले पावर र माइलेजमा उत्कृष्टता दिने जनाएको छ। आधुनिक ट्यांक डिजाइन, एलईडी हेडलाइट, पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर जस्ता सुविधाले यसलाई युवापुस्ताको रोजाइको बाइक बनाउने विश्वास गरिएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६ले दमदार रेसिङ प्रदर्शन दिने उल्लेख गर्दै राइडर आईजीओ दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गरी ल्याइएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*