जेन–जी आन्दोलनको क्षति संकलन गर्न १८ सय सर्भेयर फिल्डमा, कुन कम्पनीले कसरी गर्दैछ दावी भुक्तानी ?

पुलिस रिर्पोटको कठिनाइले सुस्त बन्दै दावी प्रक्रिया
५ आश्विन २०८२, आईतवार १४:३९

काठमाडौं । भदौं २३ गते अर्थात सोमबारदेखि सूरु भएको जेन–जी आन्दोलनको क्षतिमा करिव २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दावी परेको छ । उक्त बीमा दावी भदौ ३१ गतेसम्मको हो । देशभरीका प्रहरीका कार्यालयहरु जलाइएको अवस्था छ । जसकारण बीमा दावी भुक्तानी प्रक्रियामा पुलिस रिपोर्ट तयार गर्न कठीनाइ भएको सर्भेयरहरुले बताएका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सक्दो चाँडो क्षतिको विवरण संकलन गरेर दावी प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीहरुले पनि निर्देशन अनुसार दावी प्रक्रिया अघि बढाएका छन् । निर्जीवन बीमा कम्पनीहरुले जेन–जी आन्दोलनको क्षतिमा सक्दो चाँडो बीमा दावी भुक्तानी गर्नका लागि विशेष कर्मचारीहरुको समहुलाई नै फिल्डमा उतारेको छ ।

कम्पनीले दावी सहजताको लागि आफ्ना सीमित कर्मचारीहरुको सम्पर्क नम्बरसहित विवरण सार्वजनिक गरेको छ । बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशन बमोजिम दावी भुक्तानी सहजताको लागि आफ्ना सर्भेयरलाई निकै व्यस्त बनाएको छ । सर्भेयरहरुलाई कार्यक्षेत्रमा खटाएर क्षतिको रिपोर्ट तयार बीमा कम्पनीहरु व्यस्त रहेका छन् ।

जेन–जी आन्दोलनले द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा हिल्टन होटलको बीमा रहेको थियो । जेन–जी आन्दोलनमा होटल जलेर ध्वस्त भएपछि ओरियण्टल इन्स्योरेन्समा ठूलो मात्राको प्रारम्भिक बीमा दावी परेको छ ।

बीमा सर्भेयर संघ, नेपालका अध्यक्ष मोहन पुरुष ढकालले जेन–जी आन्दोलनको क्षतिमा हालसम्म २ हजार दुई सय २५ वटा बीमा दावी संकलन गरीरहेको र १८ सयभन्दा बढी सर्भेयरहरु फिल्डमा खटिएको बताए ।

उनले भने, ‘नेपाल बीमा प्राधिकरणलाई हामीले सहजीकरणको लागि पहिलो दिनमै पाँच बुदे माग राखेका थियो । सोही अनुरुप प्राधिकरणले पनि सर्कुलर जारी गर्न नसकेको भएपनि मौखिक रुपमा निकै सहजीकरण गरिदिनु भएको छ । सोही अनुरुप काम अघि बढीरहेको छ ।’

‘नेपालमा सर्भेयरहरु निकै सक्षम छन् । हामीसँग दुई हजार भन्दाबढी सर्भेयर साथीहरु छन् । जेन–जी आन्दोलनको क्षतिमा कम्पनी तथा प्राधिकरणको निकै सहयोग रहेको छ । तर, नेपाल प्रहरीको रिपोर्टमा थोरै समय लागिरहेको मात्र छ । अन्यथा सक्दो चाँडो बीमा दावी भुक्तानी गरिने वातावरण छ ।’

नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ विरेन्द्र वैदवार क्षेत्रीले पनि बीमक संघसँग छलफल गरेर दावी भुक्तानी सक्दो चाँडो दिन सुझाव दिएका छन् । उनले जेन–जी आन्दोलनले क्षति भएका सम्पत्ति धनी तथा बीमितहरुको हकमा कुनै पनि समस्या उत्पन्न नगरी सरल रुपमा बीमा दावी भुक्तानी दिन बीमकहरु सक्षम र तयार रहेको धारणा व्यक्त गरेका छन् ।

जेन–जी आन्दोलनले देशभरी क्षति पुर्याएको छ । नागरिक तथा व्यवसायीहरुको अर्बौको सम्पत्ति तहस–नहस बनाइएको छ । बीमा गरेका व्यवसायीहरु इतिबे यतिबेला दावी प्रक्रियमा व्यस्त रहेका देखिन्छन् । सिंहदरबारसहितका सरकारी संरचनाको बीमा गर्न नसक्दा यतिवेला क्षतिग्रस्त संरचना पुनःनिर्माणमा सरकारलाई आर्थिक संकलन अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*