१६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
५ आश्विन २०८२, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आइबार कुल १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कुल २२४ वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














