४ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध, आज रोडको अवस्था कस्तो?

६ आश्विन २०८२, सोमबार ०९:३९

काठमाडौं । नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म ४ वटा राजमार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ।

कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने गोसाइकुण्डको पुल, पासाङ ल्हामु र अरनिको राजमार्गको विभिन्न ठाउँमा पूर्णरूपमा अवरोध रहेको प्रहरीले जनाएको छ।

यता गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोक मार्ग भने एकतर्फी सुचारु रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*