बैंकिङ कारोबारका लागि ‘आरटिजिएस’ प्रणाली खुला रहने

६ आश्विन २०८२, सोमबार ११:४२

काठमाडौँ । आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । ‘सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ’, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*