नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ, कसलाई के मन्त्रालय ?

६ आश्विन २०८२, सोमबार १५:३०

काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित विशेष समारोहमा चार जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ लिनेहरूमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमिसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाएका छन् भने पत्रकार जगदिश खरेल सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्वमा पुगेका छन्। त्यस्तै, विज्ञ मदन परियारले कृषि मन्त्रालयको शपथ ग्रहण गरेका छन्।

यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो। तर अन्तिम क्षणमा उनको उम्मेदवारी स्थगित गरिएको बताइएको छ।

One thought on “नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ, कसलाई के मन्त्रालय ?

  1. Sumitra neupane says:

    सरल भाषा तथा शब्दको प्रयोग गर्दा सबैले बुझ्न सजिलो हुन्छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*