डलरको भाउ बढ्यो, अन्य मुद्राको सटहीदर कति?
७ आश्विन २०८२, मंगलवार ०६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज ३५ पैसाले बढेर खरीदमूल्य १४१ रुपैयाँ र बिक्रीमूल्य १४१.६० रुपैयाँ कायम भएको छ।
यस दिन १० जापानिज येनको खरीददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१७ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४६२.३७ रुपैयाँ र बिक्रीदर ४६४.३४ रुपैयाँ निर्धारण भएको छ।














