कामना सेवा बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
७ आश्विन २०८२, मंगलवार ०७:४६

काठमाडौं । कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले भोलि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कामना सेवा बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र ५.७८९५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ। यो लाभांश पारितका लागि असोज २४ गते शुक्रबार नक्सालस्थित लिसारा रिसेप्शनमा साधारणसभा बोलाएको छ।
यता युनिभर्सल पावरले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि असोज २३ गते ललितपुरको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा साधारणसभा बोलाएको छ।













