पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं

७ आश्विन २०८२, मंगलवार ०९:५७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाएका दुर्गा प्रसाईंले देशमा विकसित पछिल्लो घटनाक्रमको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

दुर्गा प्रसाईंले आज दिउँसो साढे १ बजे भक्तपुर कमेरोटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। उनले सम्मेलनमा जेनजी आन्दोलनपछि देशमा एकाएक फेरिएको राजनीतिक घटनाक्रमको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने र भावी योजनाहरूका विषयमा पनि जानकारी गराउने बताएका छन्।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ भने पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। उनै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा समेत विघटन भइसकेको छ।

ओली सरकार ढलेर सुशीला कार्कीको सरकार नबन्दासम्म दुर्गा प्रसाईं प्रधानसेनापनि अशोकराज सिग्देलसँग कुराकानी गर्न पटकपटक जंगी अड्डा पुगेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*