सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३९ सयले बढ्यो

७ आश्विन २०८२, मंगलवार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन तीन हजार ९०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर दुई हजार ६८० रुपैयाँ पुगको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*