नेपाल रिमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

७ आश्विन २०८२, मंगलवार १५:१०

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा मंगलबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ६८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १८ करोड १६ लाख रुपैयाँ, शिवम् सिमेन्टको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*