सप्तकोशी विकास बैंकसहित यी ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट
७ आश्विन २०८२, मंगलवार १५:१८

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, एशियन हाइड्रोपावर र हिमस्टार उर्जाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।














