राप्ती हाइड्रोको सवा ६१ लाख बढी कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने
७ आश्विन २०८२, मंगलवार १५:५०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शत प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त हकप्रद शेयर भोलि बुधबारबाट कारोबार गर्न मिल्ने छ ।













