भारतबाट भित्र्याएको साढे १४ लाख नगद बरामद

७ आश्विन २०८२, मंगलवार १६:१९

काठमाडौँ। मोरङ प्रहरीले भारततर्फबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मंगलबार विराटनगर महानगरपालिका–१७ क्षेत्रमा प्रहरीले गरेको चेकजाँचका क्रममा १४ लाख ५० हजार रुपैयाँ बरामद गरिएको हो।

भारतबाट शंकास्पद ढंगले नेपाल प्रवेश गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकल रोकी तलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाइरहेका थिए।

प्रहरीका अनुसार उनले मोटरसाइकलमा रकम लुकाएर ल्याइरहेका थिए। बरामद नगदमा एक हजार दरका २ सय ८४ थान र पाँच सय दरका २ हजार ३ सय ३२ थान नोट रहेका छन्। नगदको स्रोत बारे प्रष्ट पार्न नसकेपछि साहलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*