पहिरो पन्छाएपछि दुईतर्फी खुल्यो नागढुंगा–मुग्लिन सडक

७ आश्विन २०८२, मंगलवार १६:५९

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

गए राति र आज बिहान खसेको उक्त पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम भएको थियो । दसैँ मनाउन घर हिँडेका यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए ।

अहिले पहिरो पूर्ण रूपमा पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको हो । योसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*