मञ्जुश्री फाइनान्सले शेयरधनीलाई नगद लाभांश दिने

८ आश्विन २०८२, बुधबार ०६:२६

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वित्तीय विवरण प्रतिवेदनको आधारमा हाल कायम चुक्ता पूँजी (१ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ) को १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीको बैंक खातामा लाभांश जम्मा हुनेछ। बैठकले यो निर्णय स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइहाल्ने निर्णय पनि गरेको कम्पनी सचिव विकास राज शाक्यले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*