काठमाडौं–नारायणगढ बस चलाउँदै साझा यातायात, भाडा ३०० मात्रै
८ आश्विन २०८२, बुधबार ०८:०६

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले असोज ७ देखि २१ गतेसम्म काठमाडौंदेखि नारायणगढसम्म बस सञ्चालनमा ल्याएको छ। दशैंमा यात्रुको चाप बढी हुने भएकाले सहज र सस्तो सेवा दिने उद्देश्यले उक्त रुटमा बस सञ्चालन गरिएको यातायातले जनाएको छ।
बस पुल्चोकबाट लगनखेल–सातदोबाटो–कोटेश्वर–गौशाला–चक्रपथ–गोंगबु बसपार्क हुँदै कलंकीबाट प्रस्थान गर्नेछ। कलंकीबाट बिहान ७ बजेदेखि शुरू भई प्रत्येक १ घण्टाको अन्तरालमा १२ बजेसम्म बसहरू प्रस्थान गर्नेछ।
नारायणगढ पुगेपछि उक्त बसहरूले त्यहाँका यात्रुहरू लिएर नारायणगढ बसपार्क हुँदै काठमाडौं फर्किनेछन्। काठमाडौंबाट जाँदा वा काठमाडौं आउँदा जम्मा भाडा ३०० रुपैयाँ मात्रै लाग्नेछ।














