यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था

८ आश्विन २०८२, बुधबार ०८:५३

काठमाडौं । आज ४ वटा राजमार्ग बाढी, पहिरो तथा वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छन् भने ४ राजमार्ग एकतर्फी सुचारु गरिएका छन्।

नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, अरनिको राजमार्ग र नारायणगढ मुग्लिङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्।

यता गल्छी त्रिशूली देखि मैलुङ स्याफ्रु सडक, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*