झापा इनर्जीको आईपीओ बाँडफाँड, ४७ हजार ३३३ जनाले पाए शेयर

८ आश्विन २०८२, बुधबार ०९:४६

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान शेयर बाँडफाँड गरेको हो।

कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन स्वीकृत भएको छ।

आईपीओ बाँडफाँडमा ४७ हजार ३३३ जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन्। शेयर पाएका मध्येबाट ६ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। आईपीओको नतिजा अनलाइनमा प्रकाशित हुन केही समय लाग्नेछ।

यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*