२३ लाखको हात रित्तो हुने सागर डिस्टिलरीको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

८ आश्विन २०८२, बुधबार १५:२६

काठमाडौँ । सागर डिस्टिलरीको आईपीओ दशैंअघि नै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले दशैंअघि नै आईपीओ बाँडफाँट गर्ने गरी काम भइरहेको बताएको हो । क्यापिटलले भन्यो, डाटा फेरिफिकेशनको काम भइरहेको छ । साँझसम्म यो काम सकियो भने दशैं अघि नै बाँडफाँट गर्ने सकिन्छ । हामी सकेसम्म दशैं अघि नै बाँडफाँट गर्ने गरी तयारी गरिरहेका छौं ।

आईपीओमा २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । जसमा १ लाख १९ हजार ६४ जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*