जेन–जी आन्दोलन: क्षति भएकाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना

८ आश्विन २०८२, बुधबार १७:४७

काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड भएको छ। यसबाट भएको क्षतिको शीघ्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ।

नेपाल सरकारले आफ्नो पत्रमार्फत प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्र, विकास साझेदार र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुलाई राष्ट्र पुनर्निर्माण अभियानमा योगदान गर्न आह्वान गरेको छ। योगदान गरिएको रकम चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न सकिनेछ।

योगदान रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरवार, काठमाडौं शाखामा खुला खातामा जम्मा गर्न सकिने छ। बैंक खाता विवरण यस प्रकार छ: खाताको नाम–भौतिक पूर्वाधार पुनर्निर्माण कोष, खाता नं.–1960100102070004, SWIFT CODE–RBBANPKA। साथै QR कोड मार्फत पनि रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

image_ynah8am

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*