स्वास्थ्य मन्त्रालयमा गुनासो व्यवस्थापन प्रणाली पुनःसक्रिय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो व्यवस्थापन प्रणाली पुनः सक्रिय गरेको जनाएको छ।
मन्त्रालयका अनुसार कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा सेवा प्रवाहमा कठिनाइ सिर्जना गरेको अवस्थामा सञ्चालन हुने संयन्त्रहरू–हटलाइन नम्बर १११५, भाइबर तथा व्हाट्सएप ९८५१३३०५९२, इमेल [email protected], प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत प्रभावकारी काम भईरहेको जानकारी दिइएको छ।
मन्त्रालयले हाल पूर्ण रूपमा जलेर नष्ट भए पनि अस्थायी व्यवस्थापनका रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् परिसरमा आफ्नो कार्य सञ्चालन गरिरहेको जनाएको छ। यसका साथै, स्वास्थ्य सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अझ सुदृढ पार्न बिगतदेखि प्रयोगमा रहेका सबै गुनासो व्यवस्थापन संयन्त्रहरू पुनःस्थापित गरिएको जनाइएको छ।
मन्त्रालयसँग सम्बन्धित गुनासो, सुझाव वा प्रतिक्रियाहरूका लागि माथि उल्लेखित नम्बर वा इमेल मार्फत सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।














