अध्यागमन विभाग टीकाको दिन मात्रै बन्द हुने

९ आश्विन २०८२, बिहीबार ०७:१८

काठमाडौं । अध्यागमन विभागले दशैंको टीकाको दिन बाहेक अन्य दिनहरूमा सेवा जारी राख्ने भएको छ।

असोज १६ गते अर्थात् दशैंको टीकाको दिन बाहेक अन्य दिनहरूमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला राख्ने विभागले बताएको हो।

अध्यागमन विभागका अधिकृत शिव कुमार अधिकारीका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागका यी शाखाहरू खुल्ला रहनेछन्।

प्राय सबै सरकारी कार्यालयहरू फूलपातीदेखि नै बन्द हुने भए तापनि अध्यागमन विभागले भने आफ्नो सेवा टीकाको दिन बाहेक अन्य दिन जारी राख्ने निर्णय गरेको हो।

Scan_20250924_notice_compressed

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*