नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार कित्ता शेयर बिक्रीमा

९ आश्विन २०८२, बिहीबार ०७:२४

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८८ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

उक्त अवधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*