गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

९ आश्विन २०८२, बिहीबार १०:१६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असोज ८ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो।

हाल यस कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ रहेको छ। साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने पनि निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूले पाउनेछन्।

1758716393347

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*