नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

९ आश्विन २०८२, बिहीबार १०:३७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*