मोरङमा ४ जना तासे पक्राउ, ३ मोटरसाइकल र ८५ हजार रुपैयाँ बरामद
९ आश्विन २०८२, बिहीबार १२:०९

काठमाडौं । मोरङमा तास खेलिरहेका ४ जना तासेलाई प्रहरीले पक्राउ गरेको छ भने उनीहरूको साथबाट मोटरसाइकल र ८५ हजार रुपैयाँ बरामद गरेको छ।
उनीहरूलाई प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा तास खेलिरहेको अवस्थामा बुधबार राति रंगेहात पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ८५ हजार ९८५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको ३ वटा मोटरसाइकल समेत बरामद गरेको छ।
उनीहरू चारैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।













