शेयर बजारमा आएको गिरावटपछि बनेको कार्यदलले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

९ आश्विन २०८२, बिहीबार १६:०७

काठमाडौँ । पूँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। आज बिहान उक्त कार्यदलले अर्थमन्त्री खनाललाई प्रतिवेदन पेश गरेको हो।

गत शुक्रबार खनालले नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वमा कार्यदल गठन गरेका थिए। यस समितिमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका थिए। निरौलालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको थियो।

जेनजी आन्दोलनपछि एक साताभन्दा लामो समय बन्द भएको शेयर बजार गत बिहीबार खुले पनि १६० अंकले तल झरेको थियो। बजारमा आएको तीव्र गिरावटपछि तत्काल समाधान खोज्नुपर्ने ठहरसहित खनालले उक्त कार्यदल बनाएका हुन्।

पूँजी बजारमा उत्पन्न विसङ्गति पहिचान गरी सुधारका लागि ठोस योजना तयार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यसहित कार्यदललाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो। सोही कारण समितिले आजै प्रतिवेदन बुझाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*