पियोर इनर्जीको ७२ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

१० आश्विन २०८२, शुक्रबार ०८:४१

काठमाडौं । पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको ७२ हजार कित्ता शेयरको लकइन अवधि कात्तिकमा सकिंदैछ।

कम्पनीले आईपीओ जारी गर्दा ७२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। यस्तो शेयरको लकइन अवधि सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनापछि समाप्त हुने व्यवस्था छ।

सोही व्यवस्था अनुरूप उक्त शेयरको लकइन अवधि आउँदो कात्तिक ११ गते सकिने भएको छ। यता आयोजना प्रभावित, संस्थापक र कम्पनीमा कार्यरत कर्मचारीको शेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*