लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश पारित गर्न यही असोज ३१ गते नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त सभाले सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै अन्य संस्थासँग मर्जर/प्राप्ति गर्न वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न र रजिष्टर्ड कार्यालय रहने स्थान संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
यसका अतिरिक्त गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्तिसँगै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २२ गते बुक क्लोज गर्ने भएकाले असोज २१ गतेसम्म कायम शेयरधनी उक्त सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।













