दुई महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३५ अर्ब २४ करोड, अग्रस्थानमा नेपाल लाइफ

१० आश्विन २०८२, शुक्रबार १०:२५

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ मसान्तसम्ममा नौ अर्ब ६८ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दुई महिनामा चार लाख आठ करोड तीन लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले यस अवधिमा तीन अर्ब ९८ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । साथै, एलआइसी नेपालले तीन अर्ब ३९ करोड ४२ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले तीन अर्ब १७ करोड २३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।

भदौ मसान्तसम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई एक करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले एक अर्ब ४८ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब २० करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साथै, आइएमई लाइफ इन्स्योरेन्सले एक अर्ब ८ करोड ५८ लाख रुपैयाँ, मेट नेपालले एक अर्ब ५ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब एक करोड ४० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*