लघु जीवन बीमकद्वारा १५ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन, क्रेष्ट र गार्डियन टक्करमा

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको भदौ मसान्त (२ महीना) सम्म १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा क्रेष्ट माइक्रो लाइफले सबैभन्दा बढी ५ करोड ६३ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
क्रेष्ट माइक्रो लाइफसँग कडा टक्कर गर्दै गार्डियन माइक्रो लाइफले पनि ५ करोड ६३ लाख ७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यता लिवर्टी माइक्रो लाइफले भदौ अन्त्यसम्म ४ करोड ३८ लाख ३२ हजारा रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

भदौ महीनाको मात्रै तथ्यांक हेर्ने हो भने क्रेष्ट माइक्रो लाइफले सर्वाधिक ३ करोड ८५ लाख ३७ हजार रुपैयाँ, दोस्रोमा गार्डियन माइक्रो लाइफले २ करोड ३६ लाख ७२ हजार रुपैयाँ र लिवर्टी माइक्रो लाइफले १ करोड ६९ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।













