आरजु राणाले युलेन्स स्कुलबाट दिईन् राजिनामा

११ आश्विन २०८२, शनिबार १२:३६

काठमाडौं जेनजी आन्दोलनपछिको ठूलो मात्रामा क्षति भएसँगै आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।

‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।

गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।

भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । ‘सुरुको १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीले स्कूल चलाउने रोडम्यापअनुसार काम भइरहेको बताइएको छ’, एक अभिभावकले भने ।

 

हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालले पूर्णरुपमा फेस रु फेस कक्षा ३(४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*