रिभर फल्स पावरको हकप्रदमा आवेदन दिने अवधि थप

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। यसअघि असोज १२ गते अन्तिम मिति तोकिएकोमा असोज २६ गतेसम्म अवधि थप गरिएको हो।
कम्पनीले साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।
कम्पनीको हकप्रद शेयर भदौ २३ गतेदेखि बिक्री खुला गरिएको हो। यसमा हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
इच्छुक शेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र प्रभु बैंकको बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।












