२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे ३१औं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।
त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गर्ने बताएको छ। यसर्थ असोज २३ गतेसम्म् नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।












