लाभांश, मर्जर र वाणिज्य बैंकमा स्तरोन्नतिको प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

१२ आश्विन २०८२, आईतवार ०८:२२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा बिहान १० बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै अन्य उपयुक्त बैंकसँग मर्जर, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतीका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको सेवा, सुविधा पुनरावलोकन गर्ने लगायतका विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ असोज ३० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*