नेष्डो समृद्ध लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ जना कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ अधिकृत तृतीय (शाखा अधिकृत) पदमा ११ जना, बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा १५ जना र सहायक प्रथम/सहायक द्वितीय/सहायक/ कनिष्ठ सहायक प्रथक (केन्द्र प्रबन्धक) पदमा ११ जना माग गरेको हो।
शाखा अधिकृत (अधिकृत श्रेणी) का लागि स्नातक/सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह/सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको हुनु पर्नेछ।
शाखा प्रबन्धक (सहायक श्रेणी) का लागि प्रविणता प्रमाणपत्र तह/सो सरहको परीक्षामा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको अनुभव भएको वा एसएलसी/सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ४ वर्षको अनुभव भएको हुनु पर्नेछ।
केन्द्र प्रबन्धक (सहायक श्रेणी) का लागि प्रविणता प्रमाणपत्र तह/सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्ष काम गरेको वा एसएलसी/सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष काम गरेको हुनु पर्नेछ।
उमेरको हकमा सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ।














