आज सुनचाँदीको मूल्यले बनायो रेकर्ड, कति पुग्यो भाउ?
१२ आश्विन २०८२, आईतवार १०:५६

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउले रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा ७०० र चाँदी तोलामा ७० रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो।
आज छापावाला सुनको प्रतितोला मूल्य २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्यले २ लाख २३ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो। गत शुक्रबार भने सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको भाउ पनि तोलामा २ हजार ८१० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २ हजार ७४० रुपैयाँका दरले कारोबार भएको थियो।













