दशैंमा पनि मानव अधिकार आयोग खुला रहने

१२ आश्विन २०८२, आईतवार १४:२५

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दशैंमा पनि कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ।

दशैं, तिहार तथा छठ पर्वका बिदाका दिनहरूमा पनि हरिहरभवन, ललितपुरमा रहेको आयोगको केन्द्रीय कार्यालय तथा प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू खुला रहने आयोगले जनाएको हो।

कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने जानकारी दिएको छ। साथै यसबीचमा मानव अधिकारका कुनै घटना घटेमा आयोगको नजिकका कार्यालयमा तत्काल जानकारी गराउन अनुरोध पनि गरेको छ।

गम्भीर र आकस्मिक प्रकृतिका घट्ना घट्न सक्ने र त्यस्ता घट्नाहरूको तत्काल उजूरी लिन आवश्यक पर्न सक्ने भएकाले दशैंमा पनि कार्यांलय खुल्ला राख्ने निर्णय भएको आयोगले बताएको छ। सरकारी कार्यालयहरू सामान्यतया फूलपातीका दिनदेखि बन्द हुने गर्छन्।

आयोगले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटना बढ्ने, महंगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने सम्भावना रहेकाले शान्तिसुरक्षाको व्यवस्था गर्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन सरकारलाई निर्देशन समेत दिएको छ।

NHRC_Nepal_Press_Release-2082-6-12_Dashain_bida

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*