दशैंअघि यी कम्पनीका लगानीकर्ता भए मालामाल
१२ आश्विन २०८२, आईतवार १५:१६

काठमाडौं । दशैंअघिको कारोबारको अन्तिम दिन आज ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयरमूल्यमा सर्किट लागेको छ।
त्यस्तै २० प्रतिशत लाभांश घोषणा गरेको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावरको ५.३३ प्रतिशतले बढेको छ।
त्यस्तै नाडेप लघुवित्तको ५.२२ प्रतिशत, शिखर इन्स्योरेन्सको ४.९७ प्रतिशत, भुगोल इनर्जीको ४.८७ प्रतिशत, बरुण हाइड्रोपावरको ४.०१ प्रतिशत, सान्भी इनजीको ३.९० प्रतिशत, आरबीबी म्युचुअल फण्ड १ को ३.६४ प्रतिशत र दोर्दी खोलाको ३.५९ प्रतिशतले शेयरमूल्य बढेको छ।














