महालक्ष्मी विकास बैंकका पूर्व सिईओ भूषण राणाको घरमा प्रहरीको छापा, कालोधन लुकाएको आशंका

१२ आश्विन २०८२, आईतवार २२:३६

काठमाडौं । महालक्ष्मी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत(सिईओ) भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका र पूर्व परराष्ट्रमन्त्रीआरजु राणा देउवाको भाई भूषण राणाको घरमा प्रहरीले आज छापा मारेको छ ।

सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको प्रहीले जनाएको छ ।

राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् ।आरजु राणाले कतिपय डिलमा उनी प्रतिनिधिको रुपमा खटिने गरेको आरोप राणामाथि लाग्ने गरेको थियो ।

एक महिनादेखि युरोपमा रहेका उनी घरमा नभएका कारण प्रहरीको टोलीले निवासमै पुगेर कागजपत्र सङ्कलन गरेको हो।

स्रोतका अनुसार, घरभित्र स्रोत नखुलेको रकम तथा आर्थिक लेनदेनसँग सम्बन्धित कागजात हुनसक्ने आधारमा छापा मारिएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*