सोमबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ ।.














