नारायणगढ–मुग्लिन सडकमा माइक्रो दुर्घटना, ८ जना घाइते

१४ आश्विन २०८२, मंगलवार ११:१४

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहान माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहानै माइक्रो बस दुर्घटनामा परेको छ । इच्छाकामना गाउँपालिका– ६ स्थित दुई नम्बर चिसेन्सी पुल नजिकै बिग्रेर रोकि राखेको बा ४ ख ११४० नम्वरको र्‍याकरमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००६९ नम्वरको इभी माइक्रो ठक्कर खाँदा माइक्रोमा सवार ८ जना घाइते भएका छन ।

उनिहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*