काठमाडौंबाट धनगढी जान साढे १७ हजार लाग्ने, सुदूरश्चिममा जताततै विरोध

१७ आश्विन २०८२, शुक्रबार १०:३५

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ । प्राधिकरणको उक्त निर्णयले सुदूरपश्चिमका जनताहरु आक्रोशित बनेका छन् ।

सुदूरपश्चिमका जनताहरुले वर्तमान अन्तरिम सरकारलाई पनि निबर्तमान केपी शर्मा ओलीको सरकारसँग तुलना गर्दै सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन् । सुदूरपश्चिमबासीहरुले सरकार व्यवसायीको इरारामा नाचेको समेत आरोप लगाएका छन् ।

डोटीको व्यवसायी नरेन्द्र खड्काले सरकारले जनताको भावनासँग खेलवाड गरेको भन्दै विरोध गरेका छन् । उनले भने, ‘सरकारले यो विषम् परिस्थितीमा पनि भाडादर स्वभाविक रुपमा निर्धारण गर्नुको सट्टा अचाक्ली तरिकाले बढाएर झन उल्टै कारबाही गर्छौ भन्दै जनतालाई झुक्याएको छ ।’

 

त्यस्तै, कैलाली धनगढीका व्यवसायी मदन भट्टले हवाइ कम्पनी र सरकारको भाडा निर्धारणलाई लिएर कडा टिप्पणी समेत गरेका छन् । उनले भने, ‘दशैं तिहारमा घर आउन–जानै निकै महङ्गो भएको भन्दै बर्तमान सरकारले पनि जनताको समस्या बुभm्न सकेन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*